सप्तकोशीमा बेपत्ता अर्का प्रहरी जवान साउदको शव फेला

सुनसरी | जेठ २५, २०८२

सप्तकोशीमा बेपत्ता अर्का प्रहरी जवान साउदको शव फेला

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ।


उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको  सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिनुभयो ।


घटनापछि स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल तथा उद्धार टोलीले संयुक्त खोज तथा उद्धार कार्य जारी राखेका थिए।


उद्धार तालिमका क्रममा भएको यो दुःखद दुर्घटनाले सुरक्षा तालिमका जोखिम र पूर्व तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। 


गत बिहीबार यस प्रदेशमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवानहरू सप्तकोसी  नदीको पानीमा अभ्यास गरिरहेका थिए। अभ्यास गरिरहेका थिए।


 

यो पनि पढ्नुहोस

 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्